दफा
सन्धि वा सम्झौता गरी कामदार पठाउन सक्ने
: (१) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकारले नेपालसँग कूटनैतिक सम्बन्ध कायम गरेका मुलुकको सरकारसँग सन्धि वा सम्झौता गरी नेपाल सरकारको कुनै कार्यालय, निकाय वा नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको संस्था मार्फत  त्यस्तो मुलुकमा कामदार पठाउन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम नेपाल सरकारले कामदार पठाउँदा अपनाइने प्रक्रियालाई व्यवस्थित, प्रतिस्पर्धी र पारदर्शी बनाउनको लागि नीति निर्माण तथा आवश्यक अन्य व्यवस्था गर्न देहाय बमोजिमको एक निर्देशक समिति रहनेछ :
(क) श्रम तथा यातायात व्यवस्था मन्त्री वा राज्यमन्त्री – अध्यक्ष
(ख) सचिव, श्रम तथा यातायात व्यवस्था मन्त्रालय – सदस्य
(ग) प्रतिनिधि (सहसचिवस्तर), अर्थ मन्त्रालय – सदस्य
(घ) प्रतिनिधि (सहसचिवस्तर), उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय – सदस्य
(ङ) प्रतिनिधि (सहसचिवस्तर), गृह मन्त्रालय – सदस्य
(च) प्रतिनिधि (सहसचिवस्तर), परराष्ट्र मन्त्रालय – सदस्य
(छ) कार्यकारी निर्देशक – सदस्य
(ज) महिला प्रतिनिधि, राष्ट्रिय महिला आयोग – सदस्य
(झ) मान्यताप्राप्त ट्रेड युनियन महासंघहरु प्रत्येकबाट एक÷एकजना – सदस्य
(ञ) वैदेशिक रोजगार व्यवसायी संघहरुको प्रतिनिधि एक जना – सदस्य
(ट) महानिर्देशक, विभाग – सदस्य–सचिव
(३) उपदफा (२) बमोजिमको निर्देशक समितिले आफ्नो बैठकमा आवश्यकता अनुसार वैदेशिक रोजगार सम्बन्धी स्वदेशी वा विदेशी विशेषज्ञलाई पर्यवेक्षकको रुपमा आमन्त्रित गर्न सक्नेछ ।
(४) उपदफा (२) बमोजिमको निर्देशक समितिले आफ्नो कार्यविधि आपैm व्यवस्थित गर्नेछ ।
(५) यस दफा बमोजिम कामदार पठाउन आवश्यक व्यक्तिहरुको छनौट तोकिएको मापदण्ड र प्रक्रिया पूरा गरेका व्यक्तिहरुमध्येबाट निष्पक्षता र पारदर्शिताको आधारमा गरिनेछ ।
(६) यस दफा बमोजिम वैदेशिक रोजगारमा जाने कामदारलाई कुनै समस्या आइपरेमा त्यस्तो समस्या समाधान गर्ने दायित्व नेपाल सरकारको हुनेछ ।